नेपालका ‘असफल’ स्ट्राइकरहरु !

काठमाण्डु टुडे २०७० फागुन १७ गते ४:३७ मा प्रकाशित

Anil gurungफुटवलमा जितका लागि गोल चाहिन्छ । गोल बिना फुटवलमा जितको कल्पना गर्न सकिन्न । गोल भएन भने अन्ततः खेल हार्नुको बिकल्प हुन्न । तर नेपाली फुटवल टोलीमा बर्षौंदेखि गोलकै खडेरी छ, अर्थात राम्रो स्ट्राइकर नै छैनन् ।

राम्रा स्ट्राइकरको अभावमा धेरैपटक नेपाल उपाधी नजिक पुगेर चुकेको  छ । घरेलु लिगमा चम्केका स्ट्राइकरहरु देशले खेल्ने राष्ट्रिय प्रतियोगितामा चल्न सकेका छैनन् । देशको मार नेपाली फुटवलाई पर्दै आएको छ ।

विश्वकप छनौट, साफ, र बिभिन्न मैत्रीपूर्ण खेलमा रक्षा पंक्ति, मिड फिल्डमा राम्रो प्रर्दशन भएपनि ‘फरवार्ड’ नचल्दा नेपाल हार्दै आएको छ । नयाँ स्ट्राइकर जन्माउन र भएकाहरुको क्षमता बढाउने अवशर हो घरेलु लिग । काठमाण्डूमा सम्पन्न ए डिभिजन लिगमा पनि नाम चलेका स्टाइकर चल्न सकेनन् । बिभागीय टिम बाहेक अन्य क्लवले विदेशी खेलाडीलाई स्ट्राइकरको जिम्मेवारी दिनुले पनि नेपाली स्ट्राइकर असफल भएको प्रमाणित गर्छ ।

jumanu raiमनाङ्ग मस्र्याङ्दी, थ्रि स्टार, नेपाल प्रहरी र त्रिभुवन आर्मी क्लवको खेल हेर्न उल्लेख्य संख्यामा दर्शक टिकट काटेर रंगशाला पुग्छन् । तर धेरैजसो खेल अपेक्षा अनुसार रोचक हुन्नन् र त्यसमा मुख्य जिम्मेवार हुन्छन् स्ट्राइकरहरु । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक कृष्ण थापा भन्छन् ‘खेलाडीमा मेहनत छैन, अभ्यासमा नआउने, खेलप्रति प्रतिवद्ध नहुने समस्याले फरवार्ड लाइनमा समस्या बढ्दै छ । ’ थापा शसस्त्र प्रहरीको एपिएफ क्लवका समेत प्रशिक्षक हुन्

। अनिल गुरुङ्ग, जुमानु राई, भरत खवास, सन्तोष साहुखलबाट धेरै अपेक्षा हुन्छ फुटवलमा । तर उनीहरुले न आफ्नो क्लवका लागि न देशकै लागि नाम अनुसार खेल्न सकिरहेका छन् । लिगमा पनि सामान्य प्रदर्शन रह्यो उनीहरुको । त्यसैले खेल पत्रकार प्रज्वल ओली घरेलु लिग बिदेशी खेलाडीको भरमा टिकेको बताए । ओलीका अनुसार अहिलेका स्ट्राइकरबाट अव देशले आशा राख्नु हुँदैन ।

नाम चलेका स्ट्राइकरकै कारण गएको साफमा नेपाल पराजित भएको थियो। सन् २०११ मा भारतमा सम्पन्न साफमा पनि नगन्य मात्रामा गोल भए । ती सवै गोल मिडफिल्ड र रक्षापंक्तिका खेलाडीको नाममा रह्यो । घरेलु लिग नै फुटवलको मेरुदण्ड हो ।

bharat khawasनयाँ राम्रा खेलाडी जन्माउनु पर्ने लिग केवल जित्नकै लागि विदेशी खेलाडीका भरमा खेल्न थालिएको छ । यसले क्लवहरु बीच त हारजीत गराउला तर देशले खेल्नुपर्ने बेलामा त्यसको घाटापर्छ । पत्रकार प्रज्वल ओली स्ट्राइकरको समस्या नसुध्रिए भविष्यमा थप समस्या देखिने बताउँछन् । नेपालले फुटवलमा ठूलो उपलव्धी हासिल नगरेको बर्षौं भइसक्यो ।

बलिया स्ट्राइकरको अभावमा त्यसको अपेक्षा नराखेपनि हुन्छ । ठूलो उपलव्धीको अपेक्षा गर्ने हो भनें लिगदेखि नै मेहनत गर्नु र स्ट्राइकरको खडेरी चिर्न प्रयत्न गरिनुपर्छ । जारी ए डिभिजन लिगमा सन्तोष साहुखल ७, अनिल गुरुङ्ग, ६, भरत खवास,३ जुमानु राईका नाममा जम्मा ५ गोल मात्रै छ । तर नाम नचलेका कर्ण लिम्वू ११ र दीपक राईका नाममा ७ गोल रहेको छ ।

१६ औं चरणको खेलमा यो सामान्य ‘स्कोर’को फरवार्डका लागि । नेपालले अहिलेसम्म झण्डै सय भन्दा धेरै अन्र्तर्राष्ट्रिय खेल खेलेको छ । नेपालका लागि सर्वाधिक अन्र्तर्राष्ट्रिय गोल गर्नेमा निराजन रायमाझी र हरि खड्का रहेका छन् ।

यी दुईको नाममा १३ । १३ गोल रहेको छ । पछिल्लो समयमा राष्ट्रिय टोलीमा परिरहने फरवार्डहरु मध्ये जुमानु राईले अहिलेसम्म ११ गोल गरेका छन् । अनिल गुरुङ्ग, ८ भारत खवास, ७, सन्तोष साहुखलले ५ गोल गरेका छन् ।

santosh sahukhalकाठमाण्डुमा सम्पन्न साफमा प्रशिक्षक ज्याक स्टोफानोस्कीले सन्तोष साहुखललाई बैकल्पिक खेलाडीका रुपमा लिदै आएका थिए । उनले साफ अवधि भरी मैदान टेक्न समेत पाएनन् । गोल नेपाल डटकमका सम्पादक बिक्रम थापाले नेपाली फुटवलको संरचनामा समस्या भएको बताए ।

थापा थप्छन‘ हरेक क्लवका छुट्टै प्रशिक्षण केन्द्र हुनुपर्छ तर त्यस्तो छैन। त्यसको मार खेलाडीलाई परेको छ । ’ खेलाडीलाई बिश्राम नभएको र गोल हान्न चाहिने मानसिक काउन्सीलको अभाव भएको थापको भनाई छ ।

थापाका अनुसार स्ट्राइकरहरुमा स्टारडम छ , राष्ट्रिय टिममा पुगेपछि मेहनत गर्न बिर्सन्छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us