ए डिभिजन लिगमा थ्रीस्टार तेस्रो

काठमाण्डु टुडे २०७० फागुन १६ गते १३:०५ मा प्रकाशित

Three_Star_Clubकाठमाण्डु, १६ फागुन – साविकको विजेता थ्रीस्टार क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लव सशस्त्र प्रहरीको एपिएफसँग २–० ले पराजित भएपछि थ्रीस्टारले तेस्रो स्थान प्राप्त गरेको हो । उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको प्रतियोगितामा उपविजेता भने मच्छिन्द्र क्लव भएको छ ।

शुक्रबारको पराजयसँगै पुलिसले चौंथो स्थानमा चित्त बुझाउँदा संकटा पाँचौं र एपिएफ जितका बाबजुत पनि छेटौं भएको छ । शुक्रबारको खेलमा एपिएफका लागि ८२औं मिनेटमा गणेश लावती र ८८औं मिनेटमा राजेन्द्र रावलले गोल गरे ।

प्रतियोगितामा सबै टिमको स्थान के हुने भन्ने पक्का भइसकेपनि अन्तिम खेलमा थ्रीस्टार र मनाङ भिड्ने छन् । खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us