विश्वकप खेल्न जाने नेपाली टोलीको विदाई

काठमाण्डु टुडे २०७० फागुन १६ गते १२:४४ मा प्रकाशित

Nepali-Cricket-teamकाठमाण्डु, १६ फागुन – ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।

पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने लागेको नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष कार्यक्रम गरी विदाई गरिएको हो ।

आगामी चैतमा हुने प्रतियोगिता अघि अभ्यासका लागि युएई जान लागेको नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुभकामना सहित विदाई गरे ।

पारस खड्काको नेतृत्वमा नेपाली टिमल आईतबार युएई प्रस्थान गर्ने छ । युएईमा आईसीसीले व्यवस्था गरेको विशेष अभ्यासमा सहभागी हुने नेपाली टिमले घरेलु टिम युएई र नेदरल्याड्ससँग अभ्यास खेल पनि खेल्ने छ ।

नेपालसहित विश्वकपमा छनौट भएका अन्य टिमहरु पनि अभ्यासका लागि युएई नै आउँदै छन् । युएईको अभ्यास पश्चात टोली त्यहीँबाट बंगलादेश प्रस्थान गर्ने छ । विश्वकपमा नेपालले घरेलु टिम बंगलादेशसहित हङकङ र अफगानिस्तानको सामना गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us