‘भन भाउजु कति छन् लोकन्ती…..’

काठमाण्डु टुडे २०७० फागुन १६ गते ५:०४ मा प्रकाशित

हाम्रो दाईको तीन सय जन्ती
भन भाउजु कति छन लोकन्ती……... रत्यौलीको एक अंश हो यो ।

Teej-Pashupati-2लोकसंस्कृतिमा मौलिक पहिचानका रूपमा रहेको रत्यौली गीतको मौलिकपन अहिले फेरिएको छ । विवाहको दिन दुलाहाको घरमा महिलाहरू जम्मा भई रातभर नृत्य र अभिनयसहित खेलिने रत्यौली दिउँसोकोे लगनमा विवाह हुने क्रम बढेसँगै यसको मौलिकपन फेरिएको हो ।

लोकगीतका अनुसन्धाता डा. दीनबहादुर थापाले हिजोआज यसको स्वरुप फेरिएको र त्यसको मूल कारण दिनको लगनमा विवाह हुनु नै भएको बताए । थापाले लामो मौलिक परम्परा बोकेको रत्यौली गीत अहिले आएर झाम्रेमा फेरिएको बताए ।

‘विगतको द्वन्द्वकालमा रातको समयमा विवाह हुने क्रम रोकिएपछि मौलिक प्रकृतिको रत्यौलीमा पनि परिवर्तन आएको हो’ थापाले भने–‘दिनको लगनमा हुने विवाहले रत्यौली पनि अब त दिनौलीजस्तो भइसक्यो ।’ विवाहका दिन दुलाहा अन्माइसकेपछि दुलही नभित्र्याइन्जेलसम्म महिलाहरू मात्र दुलाहाको घरमा भेला भई रातभर गाइने गीत नै रत्यौली हो ।

रत्यौली अश्लील र रतिक्रिडासँग सम्बन्धित हुन्छ । रत्यौलीमा दुलाहा, दुलही, जन्ती, जोगीको अभिनय, वर–बधूको क्रियाकलाप, प्रेम प्रसङ्ग, बधुशिक्षा जस्ता विषयवस्तु उठान गरी गाइने गरिन्छ । रत्यौलीको मुख्य उद्देश्य मनोरञ्जनका साथ रात गुजार्नु हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us