दुई बिभागीय टिम भिड्दै

काठमाण्डु टुडे २०७० फागुन १६ गते २:१० मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १६ फागुन– ए डिभिजन लिगमा आज दुई विभागिय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ भिड्ने भएका छन् ।

दशरथ रंगशालामा हुने प्रतिस्पर्धामा आज विजयी हुने टिमले तालिकामा कुनै परिवर्तन गर्ने छैन ।

सुपर लिगका दुई खेलबाँकी छदै मनाङ मस्र्याङ्दीले उपाधी जितिसकेको छ भने मच्छिन्द्र क्लब दोस्रो, नेपाल थ्रि स्टार तेस्रो, नेपाल पुलिस क्लब चौथो, संकटा पाँचौ र एपिएफ छैटौ स्थानमा छन् ।

हिजोको खेलमा संकटालाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र दोस्रो स्थानमा रहदै लिग टुंगाएको हो । भोलीको अन्तिम खेलमा थ्रि स्टार र मनाङ मस्र्याङदी भिड्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us