चरेश सहित ६ जना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १६ गते २:०६ मा प्रकाशित

नेपालगञ्ग, १६ फागुन– नेपालगञ्जमा ठूलो परिमाणमा चरेस सहित ६ जनालाई पक्राउ गरिएको छ ।

बाँके प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले १७ किलो लागु औषध चरेस बरामद गरेको हो । लागु औषधसहित रुकुमका धनबहादुर खत्री र दाङका भद्रबहादुर खत्रीलाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

यसैगरी प्रहरीले ३० ग्राम चरेस सहित नेपालगन्ज–१३ का शुभम् श्रेष्ठ र बद्रीसिंह चौधरीलाई पनि पक्राउ गरेको जनाएको छ । यस्तै बाँकेको जमुनाहा नाकाबाट चरेससहित दुई महिला पक्राउ परेका छन् ।

चरेससहित भारतीय सिमाना पार गर्दै गरेको अवस्थामा जमुनाहा प्रहरीले बाँके सोनपुर–५ सिमलघारीकी ३१ वर्षीया अनारकली घर्ती र ३० वर्षीया कौशिला रिजाल ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us