छोरी जन्माउँदै धुर्मुश–सुन्तली

काठमाण्डु टुडे २०७० फागुन १६ गते १:५३ मा प्रकाशित

dhurmus , suntaliकाठमाण्डु, १६ फागुन – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ बाउ बन्ने भएका छन् ।

मेरी बास्सैका कलाकार धुर्मुश र कुञ्जना घिमिरे ‘सुन्तली’ यही महिनाको अन्तिमा बाउ-आमा बन्ने भएका हुन् ।

डाक्टरकाअनुसार यी दम्पतिलाई छोरी हुनेछ ।

लामो समयदेखि मेरी बास्सैको पर्दामा बुढाबुढीको भूमिकामा देखिएका धुर्मुश–सुन्तली वास्तविक जीवनमा पनि श्रीमान्-श्रीमती हुन् । धुर्मुसले आफू बाउ बन्ने लागेको बताए ।

त्यसैले केही महिना अघिदेखि सुन्तली मेरी बास्सैको पर्दामा देखिएकी छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us