विश्वकप क्रिकेट गुमाउँदै छन् पृथु बास्कोटा

काठमाण्डु टुडे २०७० फागुन १६ गते १:२४ मा प्रकाशित

prithu baskotaकाठमाण्डु, १६ फागुन – नेपाली क्रिकेटका अलराउण्डर पृथु बास्कोटाले बंगलादेशमा हुने आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । खुट्टाको चोटका कारण बास्कोटाले प्रतियोगिता गुमाउने भएका हुन् ।

नेपालका लागि ऐतिहासिक मानिएको विश्वकपमा बास्कोटाले सहभागिता नजाउने संभावना बढेको छ । राष्ट्रिय टोलीमा म्यानेजर उत्तम कर्माचार्यले पृथु खेल्ने संभावना निक्कै कम रहेको बताए ।

उनका अनुसार चोट निको नभएकाले फिटनेसमा कमी छ त्यसैले खेल्ने नखेल्नेबारे शुक्रवार मात्रै निर्णय हुनेछ । बंगलादेश विश्वकपअघि नेपालले युएईमा अभ्यास खेल खेल्ने छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us