पारस भन्छन्, ‘विश्वकपमा छनौट भएर भारतलाई देखाईदियौं’

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:४४ मा प्रकाशित

parasकाठमाण्डु, १५ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विश्वकपमा छनौट भएर भारतलाई देखाईदिएको बताएका छन् ।

पत्रकार जगदीश्वर पाण्डेले तयार पारेको पुस्तक ‘विश्व ट्वान्टी–२० क्रिकेटका सारथीहरु’को विमोचन कार्यक्रममा पारसले आफूहरु अभ्यासका लागि भारत जाँदा नेपालमा पनि क्रिकेट खेलिन्छ र ? भन्ने प्रश्न खुब सोधिने गरेको स्मरण गर्दै यस्तो कुरा बताएका हुन् ।

‘हामी भारत जाँदा अध्यागमनका कर्मचारीले ‘नेपालमे भि क्रिकेट टिम हे ?’ भनेर सोध्ने गर्थे’ पारसले भने, ‘उनीहरुकै टिभीले अब हामीले खेलेको खेल प्रत्यक्ष प्रसारण गर्ने छ ।’ उनले यसो भनिरहँदा हलमा हाँसोको फोहोरा छुटेको थियो ।

पारसले अघि थपे ‘पहिलेदेखि नै विश्वकप खेल्ने चाहना थियो, तर हामीसँग भिजन थिएन । कोच पुबुदु दासानायकेले बाटो देखाईदिनुभयो ।’

कार्यक्रममा महानायक राजेश हमालले क्रिकेटले देशवासीलाई एकताबद्ध पार्न भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us