भाजपाका पक्षमा ६३ प्रतिशत

काठमाण्डु टुडे २०७० फागुन १५ गते ३:५९ मा प्रकाशित

भारतमा हुन लागेको लोकसभा चुनावका बिषयमा अमेरिकाको एक संस्थाले गरेको सर्वेक्षणले बिपक्षी दल भारतीय जनता पार्टीले ६३ प्रतिशत मत हाँसिल गर्ने दाबी गरेको छ ।

सर्वेक्षणले २० प्रतिशत भन्दा कम मतदाता सत्तारुढ काँग्रेस आईको पक्षमा रहेको देखाएको छ । पिईडब्लु रिसर्चका अनुसार भारतमा हुन लागेको संसदीय चुनावमा त्यहाँका अधिकांश मतदाता हिुन्दु राष्ट्रवादी पार्टी भाजपालाई मत दिन इच्छुक छन् ।

सर्वेक्षण अनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्ने तरखरमा रहेका नरेन्द्र मोदी काँग्रेस उपाध्यक्ष राहुल गान्धीभन्दा लोकप्रिय देखिएका छन् ।

७ डिसेम्बर २०१३ देखि १२ जनवरी २०१४ सम्म भारतका बिभिन्न राज्यमा गरिएको उक्त सर्वेक्षणमा २ हजार ४ सय ६४ जनासंग साक्षात्कार गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us