पोखराले काठमाण्डुलाई नमस्ते गर्ने

काठमाण्डु टुडे २०७० फागुन १५ गते २:३१ मा प्रकाशित

concertकाठमाण्डु, १५ फागुन – पोखराको नमस्ते व्याण्डले आज काठमाण्डुमा आफ्नो साँगीतिक प्रस्तुति देखाउने भएको छ ।

कुनै बेला नमस्ते व्याण्डले लोकपपमा आफ्नो बर्चश्व जमाएको थियो । पोखरेली भनेर चिनिने नमस्ते व्याण्डले आज भृकुटीमण्डपमा प्रस्तुति देखाउने छ ।  विदेशी र स्वदेशी गरि करिव एक दर्जन भन्दा धेरै गायक गायिकाले गीत गाउने छन् ।

‘सत्यता, एकता, सद्भाव, माया र शान्तिले हामीलाई बचाउन सक्छ’ भन्ने नारासहित संगीत महोत्सव गरिएको हो । महोत्सवमा राजेश पायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला, सत्यस्वरुप आचार्यलगायतले गाउने छन् ।

विदेशी र स्वदेशी कलाकारबीच सम्बन्ध बिकास गराउन कार्यक्रम गरिएको नमस्ते व्याण्डका गायक इश्वर गुरुङ्गले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us