मच्छिन्द्र लिग उपविजेता

काठमाण्डु टुडे २०७० फागुन १५ गते १२:०२ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १५ फागुन – राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको सुपर सिक्समा सनसनीपूर्ण नतिजा निकालेको मच्छिन्द्र क्लव लिग उपविजेता बनेको छ ।

विहीबार दशरथ रंगशालामा भएको अन्तिम खेलमा संकटा क्लवलाई १-० ले पराजित गर्दै उसले दोस्रो स्थान पक्का गरेको हो । यससँगै उसले ४५ लाख नगद पुरस्कार र उपविजेताको ट्रफी पाउने छ ।

सुपरसिक्समा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र साविकको विजेता थ्रीस्टारलाई हराएर सनसनी मच्चाएको मच्छिन्द्रलाई अन्तिम खेलमा पनि जित दिलाउने क्रममा ५९औं मिनेटमा कर्ण लिम्बुले निर्णायक गोल गरे ।

यससँगै थ्रीस्टार र पुलिसले तेस्रो र चौंथो स्थानमै चित्त बुझाउनु पर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us