चालिस हजारले डुवायो बिष्णु माझीलाई

काठमाण्डु टुडे २०७० फागुन १४ गते ५:४३ मा प्रकाशित

bishnu majhi काठमाण्डु, फागुन – दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे ।

फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक दोहोरीमा एक छत्र राज गर्न थालिन् उनले ।

बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन पेशामा ल्याएका थिए । र, काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्तत : अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे । तर बिहे गरेको कुरा अझैपनि बताउन चाहन्न यी दुई जोडी ।
यसरी डुबिन चालीस हजारमा माझी :
त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो । सुन्दरमण्ी अधिकारीले भने अनुसार बिष्णुले काम गर्न थालिन् ।क्यासेटको जमाना थियो केही बर्षअघिसम्म त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् ।

त्यसपछि बिस्तारै यो जोडी सांगीतिक बजारमा अलोकप्रिय हुन थाल्यो । त्यसको पुरै मार अहिले बिष्णु माझीलाई परेको छ । केही बर्ष देखि उनले एउटा गीत गाएको ४० हजार रुपैया लिन थालिन् । जुन नेपाली गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले लिने गरेका छैनन् ।

बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खुलेर खोजी मात्र भएन, उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो । गीत रेकर्डिङ्गका लागि सवै भन्दा धेरै बोलाउने प्रिज्मा रेकर्डिङ्गकी व्यवस्थापक स्वरुपा रसाइली भन्छिन्‘ बिष्णुको टेक नपरेको धेरै भयो, उनको स्वर राख्न त खोज्छन तर महंगो भनेर आंट नै गर्दैनन् ।’

जव की चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयारी हुन्छ । बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडेकी छन् । स्वरुपाका अनुसार नयां नयां रहर गर्नेले मात्रै उनको आवाजमा गीत रेकर्ड गराउन खोज्छन । महिना दुई चार वटा मात्रै गीत गाएर दिन कटाएकी छन उनले । मालश्री रेकर्डिङ्ग स्टुडियोका राम भण्डारीका कुरा पनि उस्तै छन् । राम भन्छन् ‘ पहिला जस्तो बिष्णु माझीले गाउन पाउदिनन्, तर फागुन महिनामा भने केही गीत गाएकी छन् । ’

बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई लिन थालेका छन व्यवासायीहरुले ।

सामाजिक हुन सकिनन् माझी :

sundar , bishnuनाम चलेका कलाकारका लागि विदेश पानी पंधेरो जस्तै हो ।

तर पांच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गर्छन संगीतकर्मीहरु । विदेश मात्र हैन उनी स्वदेशमै हुने मेला महोत्सवमा समेत गएकी छैनन् ।

नाम चलेका देशबाट आएका प्रस्ताव समेत उनका श्रीमान अधिकारीले इन्कार गर्दै आएका छन् । नेपालमा पनि उनी पछ्यौराले मुख छोपेर हिड्ने गर्छिन र कसैको सम्पर्कमा पनि छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us