मनाङको कीर्तिमानी: एकै वर्षमा पाँच उपाधि

काठमाण्डु टुडे २०७० फागुन १४ गते १:३९ मा प्रकाशित

manag footballकाठमाण्डु, १४ फागुन– नेपाली फुटवल क्लव मध्येको एउटा ‘महारथी’ हो मनाङ् मर्स्याङ्दी । घरेलु क्लवमा मनाङ्, थ्रिस्टार, र नेपाल पुलिस सर्वाधिक सफल क्लवमा गनिन्छन् ।

तर पनि मनाङ्ले ०६२सालदेखि लिग उपाधि आफ्नो पोल्टामा पार्न सकेको थिएन् । मनाङ्लाई २०७० यस्तो बर्ष बन्यो । सायद यस्तो अवसर कमै दोहोरिएला ।सिजनको सुरु असारमा मनाङ्ले ‘गोर्खा कप’को उपाधी कव्जा गर्‍यो । लगत्तै भुटानमा ‘किङ्स कप’ र कास्कीमा ‘सफल पोखरा कप’को ट्रफीको स्वाद लिएको थियो मनाङ्ले । लिग सुरु हुनअघि काठमाण्डुमा ‘एनसेल कप’को उपाधी समेत हात पारेको मनाङ्ले मंगलवार ए डिभिजन लिगको उपाधीमा धावा बोलेन मात्रै उपाधी दावेदार हुनुको उदाहरण पेश गर्‍यो जितेर ।

मनाङ्ले यो बर्ष खेलेका ६ खेल मध्ये पांच खेलको उपाधी हात पारेको छ । सिक्किमको गभर्नर्स गोल्डकपमा फाइनलमा हारेर उपबिजेता भएको थियो मनाङ् । लिग उपाधीसंगै एकै सिजनमा १ करोड रुपैया पुरस्कार जित्ने पहिलो नेपाली क्लव समेत बनेको छ मनाङ् । उसले गोर्खा कपमा १० लाख, किङ्स कपमा १ लाख ६० हजार, सफल पोखरामा ३ लाख ५५ हजार, एनसेलमा १५ लाख हात पारेपछि अहिले ७५ लाख पुरस्कार लिगबाट जोड्यो ।

यी उपाधीसंगै राष्ट्रिय टिमका कप्तान समेत रहेका सागर थापालाई जस मिलेको छ । उनले अहिले मनाङ्को कप्तानी सम्हालेका छन् । त्यस्तै पहिलो पटक लिग बिजेताको स्वाद चाखेका प्रशिक्षक हरिओम श्रेष्ठ पनि यो उपाधीसंगै सफल प्रशिक्षकमा नाम लेखाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us