मनाङ ए डिभिजन लिग च्याम्पियन (फोटो फिचरसहित)

काठमाण्डु टुडे २०७० फागुन १३ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, १३ फागुन – जारी सिजनको ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ ।

राजधानीमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले एक खेल अगावै उपाधि उचालेको हो ।

उपाधिसँगै उसले नेपाली खेलकुदकै सर्वाधिक ७५ लाख नगद पुरस्कार हात पारेको छ । गत सिजन मनाङले उपविजेतामा चित्त बुझाएको थियो ।

मनाङलाई सातौं पटक लिग उपाधि दिलाउने क्रममा ५३औं मिनेटमा योना इलियास र ६७ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । यस सिजन निकै राम्रो फर्ममा देखिएको मनाङको १२ महिनाको अवधिभित्र यो चौंथो उपाधि हो ।

उसले एनसेल कप, ब्रिटिस गोर्खा कप र भुटानमा भएको किंग्स कपको उपाधि जितेको थियो । ए डिभिजन लिगममा भने पछिल्लो पटक २०६२ सालमा मनाङ च्याम्पियन बनेको थियो ।

यससँगै लिगमा अब उपविजेताका लागि प्रतिस्पर्धा हुनेछ । साविकको विजेता थ्रीस्टार र मच्छिन्द्र मध्ये एक टिम उपविजेता बन्ने लगभग निश्चित छ ।DSC01371

DSC01333

DSC01336

DSC01342

DSC01343

DSC01348

DSC01355

DSC01360

DSC01362

DSC01371

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us