अब नेपाल प्रिमियर लिग ‘एनपीएल’

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:३० मा प्रकाशित

NPLकाठमाण्डु, १२ फागुन – इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता ‘आइपील’ हेर्ने गर्नुभएको छ ? तपाईंमध्ये धेरैले हेर्नुहुन्छ होला ।

नेपालमा पनि इण्डियन प्रिमियर लिगमा विभिन्न क्लवलाई सपोर्ट गरेर खेल हेर्नेहरु धेरै भेटिन्छन् । अब भने तपाईले आफ्नै देशमा त्यस्तै संरचनाको खेल हेर्न पाउनुहुने भएको छ ।

नेपाली क्रिकेटको घरेलु संरचना बलियो हुन नसकेको गुनासो आइरहेका बेला ‘नेपाल प्रिमियर लिग’ एनपीएल आयोजना हुने भएको हो ।

एनसेलको मुख्य प्रायोजनमा आगामी चैतदेखि २०७१ जेष्ठसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको सञ्चालन र व्यवस्थापन पूर्वराष्ट्रिय खेलाडी आमिर अख्तरको ‘जोहरा स्पोर्ट्स म्यानेजमेन्ट’ले गर्ने छ । प्रतियोतिगा तीन फम्र्याटमा हुनेछ ।

नेपाली टिम ट्वान्टी–ट्वान्टी विश्वकपबाट फर्किएपछि दुई दिवसीय, एक दिवसीय र टी–ट्वान्टी गरी ३ फम्र्याटमा ३ महिनासम्म लिग सञ्चालन हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोतिगामा ६ वटा टिमले सहभागिता जनाउने छन् ।

यससँगै नेपाली घरेलु क्रिकेटको संरचना थप बलियो बन्ने अपेक्षा गरिएको छ ।

सहभागी हुने टिमहरु
१. तेज, (पन्चकन्या समूह) कप्तान : शरद भेषावकर
२. कलर्स एक्स फ्याक्टर्स, (टेलीटक प्रा.लि.) कप्तान : ज्ञानेन्द्र मल्ल
३. विशाल ग्रुप वारियर्स, (विशाल ग्रुप) कप्तान : पारस खड्का
४. कान्तिपुर गोर्खाज, (कान्तिपूर पब्लिकेसन) कप्तान : jसन्त रेग्मी
५. जगदम्बा जायन्टस, (शंकर समूह) कप्तान : शक्ति गौचन
६. सगरमाथा लेजेन्ड्स, (घोराही सिमेन्ट) कप्तान विनोद भण्डारी

प्रतियोगिताको प्रोमो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us