थ्रीस्टारले उपाधि जित्ने सम्भावना कमजोर

काठमाण्डु टुडे २०७० फागुन १२ गते ११:३१ मा प्रकाशित

Three_Star_Clubकाठमाण्डु, १२ फागुन – साविकको विजेता थ्रीस्टार क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ ।

दशरथ रंगशालामा सोमबार भएको महत्वपूर्ण खेलमा संकटा क्लवसँग गोलरहित बराबरीमा रोकिएपछि थ्रीस्टरलाई उपाधि रक्षा गर्न निकै कठिन देखिएको छ ।

अंकतालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १६ खेलबाट जम्मा २९ अंक भएको छ । १ खेल कम खेलेको लिग लिडर मनाङ मस्र्याङ्दीको ३२ अंक छ ।

यस्तो अवस्थामा थ्रीस्टारले बाँकी एक खेल जित्दा उसलाई उपाधि जित्न पर्याप्त हुँदैन । उसका लागि बाँकी खेलमा मनाङ र मच्छिन्द्र क्लव पराजित हुनुपर्छ । मच्छिन्द्रले १ र मनाङले दुई खेल खेल्न बाँकी छ ।

बाँकी एक खेलमा बराबरी वा पराजित भएको खण्डमा थ्रीस्टार उपविजेतासमेत बन्ने छैन । अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ३१ अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us