
काठमाण्डु, ११ फागुन – सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रले लिग लिडर मनाङ मस्र्याङ्दीमाथि दबाव कायमै राखेको छ ।
आइतबार भएको सुपर सिक्समा खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
जितपछि मच्छिन्द्रको ३१ अंक भएको छ । एक खेल खेल्न बाँकी मच्छिन्द्र मनाङभन्दा एक अंकले पछि छ । ३२ अंक जोडेको मनाङले भने दुई खेल खेल्न बाँकी छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि खेलको ७७ औं मिनेटमा कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए ।