तीन घण्टा अनलाईन बस्दा हजारौं आम्दानी !

काठमाण्डु टुडे २०७० फागुन १० गते ७:०५ मा प्रकाशित

webcam-girls-530739462b67f_exlstकाठमाण्डु, फागुन – तपाई इन्टरनेटमा के का लागि बस्नु हुन्छ ? यो प्रश्नमा अधिकांशको जवाफ हुनसक्छ केही नयाँ कुरा सिक्न, साथीहरुसँग कुराकानी गर्न तथा देश विदेशका खबर थाहा पाउन ।

तर वेबसाईटमा बसेर नै दैनिक हजारौं डलर कमाउनेहरु पनि छन् भन्ने कुरा कमैलाई मात्र थाहा हुनसक्छ ।

डेली मेलमा प्रकाशित  खबर अनुसार २५ वर्षकी पूर्व पोर्न स्टार स्यामी अनलाईननको माध्यमबाट दैनिक ३० देखि ४० हजार कमाउँछिन् ।

आफ्ना दर्शकहरुको सामु अनलाईनमा नाङ्गिनका लागि उनले प्रति मिनेट ३५० देखि ४०० रुपैयाँसम्म लिने गरेकी छिन् ।

उनी एक एडल्ट वेबसाईसँग जोडिएकी छिन् जसको पहुँच करिव १ लाख दर्शकसम्म छ । उनले आफ्नो कमाईको ३० प्रतिशत रकम वेबक्याममा खर्च गर्ने गरेकी छिन् । जसका अगाडी दिनको करिव ३ घण्टा नाङ्गिएको उनले कम्तिमा ३०–४० हजार कमाउँछिन् ।

उनी आफ्नो एक केटी साथीसँग रहन्छिन् । घरमा यस्तो काम गर्नलाई कुनै समस्या भए स्यामी साथीकोमा जाने गरेकी छिन् ।

उनकी साथी अमरा जिस्क्याउँदै भन्छिन्, ‘मलाई त एकदमै मजा लाग्छ, म आफ्नी साथीको अंग–अंगमा छुन सक्छु, जबकी मानिसहरु उसलाई देख्नका लागि पैसा खर्च गर्दछन् ।’

कहिलेकहिँ कलेजमा उनका साथीहरुले खिस्सि गर्छन् । स्यामी त्यसरी खिस्सि गर्नेहरुलाई तत्काल जवाफ दिन्छिन्, ‘के थाहा मलाई पैसा तिरेर हेर्ने मध्ये कोही तिमीहरुको भविष्यको श्रीमान पनि हुनसक्छ ।’

उनको काम गर्ने समय भनेको रातको ११ देखि २ बजेसम्म हो । दैनिक  ३ घण्टा अनलाईन बसेर उनले करोडौं कमाई सकेको डेली मेलमा खबर छ ।

१८ वर्षको उमेरदेखि यस पेशामा आवद्ध स्यामी अब यसबाट बाहिर आउन चाहन्छिन् । विश्वविद्यालयमा साइकोलोजी विषय पढ्नेहरुलाई मद्दत गर्ने उनको चाहना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us