नालामा डुबेर एकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ९ गते ७:४४ मा प्रकाशित

चितवन, ९ फागुन – चितवनको भरतपुरस्थित नालामा डुबेर शुक्रबार एक पुरुषको ज्यान गएको छ । नाम थर नखुलेका अन्दाजी ४५ वर्षिय पुरुषको बिहान नालामा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अत्यधिक मदिरा सेवनका कारण लडेर नालामा खसेको अनुमान प्रहरीले गरेको छ । उनको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

यसैबीच, भरतपुरको कालिका चोकमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा भएको सो दुर्घटनामा परी घाइते भएकाहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।     ना १७ प ३०७ र ना १४ प ६७८५ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us