कमल थापा भन्छन्, ‘धार्मिक युद्ध हुनसक्छ’

काठमाण्डु टुडे २०७० फागुन ९ गते ७:२३ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, ९ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा धार्मिक युद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै थापाले योजनावद्ध र संगठीत रुपमा धर्म परिवर्तन गराउने क्रम नरोकिए धार्मिक युद्ध हुनसक्ने चेतावनी दिएका हुन् ।

‘देशमा योजनावद्ध र संगठीत रुपले धार्म परिवर्तन गराईंदैछ, थापाले भने, ‘यसलाई तत्काल नरोके धार्मिक युद्ध हुनसक्छ ।’

साथै काँग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिप्रति पनि टिप्पणी गरेका छन् ।

सात बुँदेसहमतिमा संविधान जारी नहुँदासम्म मात्रै प्रधानमन्त्री बन्ने स्विकारेर कोइरालाले अपरिपक्व काम गरेको उनको टिप्पणी छ ।

‘१ वर्षको लागि जिम्मेवारी स्विकारेर प्रधानमन्त्रीले अपरिपक्व काम गर्नुभएको छ, थापाले भने, ‘ उहाँबाट जनताले अपेक्षा गर्ने ठाउँ छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us