ख्याल गर्नुस्, नत्र सडकमै बन्दी बन्नुपर्ला !

काठमाण्डु टुडे २०७० फागुन ९ गते ५:१० मा प्रकाशित

Motercycleकाठमाण्डु, ९ फागुन – ट्राफिक प्रहरीले नियम विपरित मोटरसाईकल चलाउनेहरुलाई कारबाही थालेको छ ।

ट्राफिक नियम पालना नगरी तिब्र गतिमा हाँक्ने, अनावश्यक ओभरटेक गर्ने, मोडमा असुरक्षित तरिकाले चलाउने र पैदलयात्रुहरुलाई समस्यामा पार्ने लगायतका मोटरसाईकल चालकलाई कारबाही सुरु गरिएको हो ।

गत आईतबारदेखि सुरु भएको अभियानमा हालसम्म सयौं मोटरसाईकल चालक कारबाहीमा परिसकेका छन् ।

नियम विपरित मोटरसाईकल चलाएको भेटिएमा आधा घण्टासम्म सडकमै नियन्त्रणमा राखेर त्यस पश्चात ५ मिनेटको व्रिफिङपछि छाड्ने गरिएको ट्राफिक प्रहरी निरिक्षक सीताराम हाछेथुले जानकारी दिए ।
यसक्रममा आज नै करिव १०० वटा मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । दुर्घटना न्युनिकरण गर्न भन्दै प्रहरीले एक साताको यो अभियान चलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us