नेपाल प्रहरीविरुद्ध राष्ट्रसंघमा उजुरी

काठमाण्डु टुडे २०७० फागुन ८ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– सशस्त्र द्वन्द्वका बेला पक्राउ गरी गैरकानुनी थुनामा राखेर यातना दिइएको भन्दै एक नेपालीले स्वीटजरल्याण्डको जेनेभास्थित संयुक्त police capराष्ट्रसंघीय मानवअधिकार समितिमा उजुरी दिएका छन् ।
रुपन्देशीका प्रशान्त पाण्डेले आफूलाई बम विस्फोट गराएको झुठो आरोपमा पक्राउ गरी चरम यातना दिइएको भन्दै प्रहरीविरद्ध उजुरी दिएका हुन् । उजुरीमा गम्भीर मानवअधिकार उल्लंघनको खोजी गर्न र दोषीमाथि कारबाही अघि बढाउन नेपाललाई दबाब दिन माग गरिएको छ ।

बम विस्फोटमा संलग्न रहेको आरोपमा रुपन्देही प्रहरीले २०६७ चैत्र २४ मा पक्राउ गरी आफूलाई हिरासतमा चरम यातना दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । प्रहरी हिरासतमा रहेका बेला प्रशान्तलाई कुट्ने, हथकडी लगाउने तथा आँखामा पट्टी बाँध्ने, डर र धम्की दिने तथा हिटरमा पिसाब गर्न लगाउने जस्ता दुव्र्यवहार भएको उजुरीमा छ।

२०६९ जेठ ३१ गते जिल्ला अदालत रपन्देहीले बम राख्ने कार्यमा पाण्डेको संलग्नता नरहेको फैसला सुनाएको थियो । तर बम राख्ने कामका संलग्न रहेको भन्दै एक वर्ष कैद तोकेको थियो । उनले झुठो आरोपमा जेल बस्नुपरेको भन्दै क्षतिपूर्ति माग गरेर दायर गरेको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us