काठमाण्डु, ८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बालुवाटारस्थित सरकारी निवास सर्दा पत्रकारहरुलाई बालुवाटार प्रवेश गर्न दिइएन । उनी ज्योतिषिले जुराइदिइको शुभसाइतमा बिहान १० बजेर २० मिटेनमा बालुवाटार प्रवेश गरेका थिए ।
त्यसक्रममा पत्रकारहरुलाई गेट बाहिरै रोकिएको थियो ।
‘माथिको आदेश’ भन्दै समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले बिहीबार बिहान तीन नम्बर गेटमै रोकेका थिए । समाचार संकलन तथा छायाङ्कनमा रोक लगाएपछि सञ्चारकर्मी त्यसै फर्किएका थिए ।
यसैक्रममा गेटबाहिरैबाट हाम्रा सहकर्मी दिनेस श्रेष्ठले खिचेका केही तस्विरहरु :