
काठमाण्डु, ७ फागुन – सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै साविकको विजेता थ्रीस्टार क्लवले राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्ने आशा जिवितै राखेको छ ।
सुपर सिक्स चरण अन्तर्गत राजधानीमा बुधबार भएको खेलमा विजयी भएसँगै दोस्रो स्थानमा उक्लिएको थ्रस्टारको २८ अंक भएको छ ।
एक खेल कम खेलेको लिग लिडर मनाङ मस्र्याङ्दीको २९ अंक छ ।
२२ औ मिनेटमा कप्तान सन्तोष साहुखलाको गोलमा थ्रीस्टारले लिएको अग्रता तोड्ने क्रममा ५४ औं मिनेटमा गणेश लावतीले एपिएफका लागि बराबरी गोल गरे ।
थ्रीस्टारका लागि खेलको अन्तिम समयमा गोल गर्दै निराजन खड्काले जित सुनिश्चित गरेका हुन् । पराजयसँग एपिएफ भने उपाधि होडबाट बाहिरिएको छ ।