काँग्रेस–एमालेबीच गृह विवादबारे वार्ता हुँदै

काठमाण्डु टुडे २०७० फागुन ७ गते ५:१० मा प्रकाशित

काठमाण्डु, ७ फागुन– गृह मन्त्रालय विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील NC-&-UCPNMकोइरालाले आज प्रमुख सत्ता साझेदार एमाले शीर्ष नेतृत्वसँग निर्णायक वार्ता गर्ने भएका छन् ।
सभाध्यक्ष सुवास नेम्वाङको सपथ सकिएलगत्तै अपराह्न दुई दलबीच सरकार विस्तारबारे निर्णायक छलफल हुने भएको हो ।

काँग्रेसले एमाले नेताहरुलाई गृह मन्त्रालय पाउनुपर्ने अडान छाडेर पार्टीका तर्फबाट मन्त्री हुनेको नाम दिन आग्रह गर्दै आए पनि एमालेले मानेको छैन । एमाले पूर्वसहमतिअनुसार गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडानमा छ ।

काँग्रेसले भने एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको भन्दै गृह मन्त्रालय प्रधानमन्त्रीकै दलले राख्न पाउनुपर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री कोइरालाले यसअघि केही दिनअघि नै नेपाली काँग्रेसका केही मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि पदाधिकारीले एमालेसँगको छलफलका आधारमा अघि बढ्न सुझाव दिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us