आज ६४ औं प्रजातन्त्र दिवस

काठमाण्डु टुडे २०७० फागुन ७ गते २:३३ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– आज ६४ औं प्रजातन्त्र दिवस मुलकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विक्रम संवत २००७ सालमा १ सय ४ वर्षे जहाँनिया राणाशासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते आजैका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । दिवसका अवसरमा एक सन्देश  जारी गर्दै राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सार्वभौम संविधानसभाले मुलुकलाई सबै दलले प्रतिबद्धता गरेको समयभित्रै जनभावनाअनुरुपको संविधान दिन विशेष प्रण र प्रयत्न गर्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै उपराष्ट्रपति परमानन्द झाले नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरण एवम् सम्बद्र्धनका लागि सबै नेपालको ऐक्यबद्धता, समझदारी र सहयोगको भावना आवश्यक रहेको बताएका छन् ।

यस्तै प्रधानमन्त्री सुशील कोइरालाले एकतन्त्रीय राणाशासनबाट मुक्त गरी मुलुकमा प्रतातन्त्र स्थापना भएको ऐतिहासिक दिनले पटकपटकको संघर्ष र बदिलानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र।, संघीइतासहितको शासनपद्धतिका साथै देश र जनताको हिमतलाई केन्द्रमा राखी अगाडि बढ्ने प्रेरण दिने विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us