
चीनको तिब्बत स्वायत्त प्रदेशको सँस्कृति विभागले तिब्बतको परम्परागत चिकित्सा तथा जडिबुटी औषधी संयुक्त राष्ट्र संघीय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक प्रक्रिया पूरा भएको छ।
सूचीमा सामेल हुनका लागि आवश्यक निवेदन दस्तावेज र दृश्य छायाङ्कन कार्य पूरा भइसकेको र चीनको सँस्कृति मन्त्रालयसमक्ष औपचारिक रुपमा पेश गरिसकेको पनि जनाइएको छ।
तिब्बतको परम्परागत चिकित्सा तथा जडिबुटी औषधीको दुई हजार वर्षभन्दा बढी समयको इतिहास छ, हालसम्म त्यसलाई चीनमा सबैभन्दा प्रभावशाली जातीय चिकित्सा तथा जडिबुटीहरुमध्येको एक मानिन्छ।
तिब्बतको सँस्कृतिमा तिब्बतको परम्परागत चिकित्सा तथा जडिबुटी औषधीको महत्वपूर्ण स्थान छ। हाल नेपाल, भारतआदि मुलुकहरुमा तिब्बतको चिकित्सा तथा जडिबुटी औषधी व्यापक रुपमा प्रयोग हुँदै आएको छ। CRI