विगतको गल्ती नदोहोर्‍याउने नेम्वाङको प्रतिबद्धता

काठमाण्डु टुडे २०७० फागुन ६ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विगतका कमजोरीबाट पाठ सिकेर तोकिएकै समयभित्र संविधान जारी गर्न subash nembangआफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
संविधानसभा अध्यक्षमा निर्वाचित भएलगत्तै मंगलबार संविधानसभा भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले एक वर्षभित्र मुलुकले संविधान पाउने विश्वास व्यक्त गरेका हुन् ।

‘देशले फेरि विगतको नियती भोग्नु हुँदैन’, नेम्वाङले भने, ‘विगतका कमजोरीबाट सिकेर एक वर्षभित्र हामीले दिएको बचनवद्धता र प्रतिबद्धताअनुसार संविधान जारी गर्न सक्नुपर्छ ।’

उनले दलरुले निर्वाचनका बेला जनतासामु गरेका प्रचिबद्धता ससम्मान कार्यान्वयन भए मुलुकले निकास पाउने बताए । ‘जनताका अगाडि जे प्रतिबद्धता गरेका छौं । त्यसप्रति प्रतिबद्ध रहँदै एक वर्षभित्र संविधान बनाएर जनतालाई सम्मान गर्नुपनर्छ ’ उनले भने  ।

नेम्वाङले मुलुकसामु रहेका चूनौतीलाई अवसरमा रुपान्तरण गर्न सिंगो देश र दलहरु एकजुट हुन आवश्यक रहेकामा जोड दिए ।

अघिल्लो संविधानसभाले धेरै महत्वपूर्ण उपलब्धी हासिल गर्दा गर्दै संविधान जारी हुन नसकेको स्मरण गर्दै जनताले पुन: प्रदान गरेको अवसर खेर पाmल्न नदिने प्रतिबद्धता जनाए ।

उनले संविधानसभा र बाहिर रहेका दलहरु सबैलाई एक ठाउँमा उभ्याउन आफूले भूमिका खेल्ने दाबी गरे । अर्को एक फरक प्रसंगमा नेम्वाङले दलहरुबीचको विवादले देश दु:खी भएका बेला सर्वसम्मतिका आधारमा आफू सभाध्यक्ष चयन हुनुले आवश्यक पर्दा दलहरु एक ठाउँमा उभिन तयार छन् भन्ने सन्देश गएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us