
काठमाण्डु, फागुन – भारतीय स्टार युवा क्रिकेटर विराट कोहली र बलीउड नायिका अनुष्का शर्माबीचको प्रेम सम्बन्ध अहिले निकै चर्चामा छ ।
केही दिन अघि न्युजिल्याण्डको सडकमा अनुष्का र विराटसँगै हिड्दै गरेको तस्विरसमेत सार्बजनिक भएको थियो ।
न्युजिल्याण्डसँगको क्रिकेट श्रृंखला चलिरहेका बेला अनुष्का विराटलाई भेट्न न्युजिल्याण्ड नै पुगेकी थिईन् । तर, अहिले विराट अनुष्काका विषयमा गरिने विभिन्न टिप्पणीका कारण तनावमा छन् ।
अनुष्काको (लिप सर्जरी)को बारेमा कसैले कुरा ग¥यो भने विराट भड्कीहाल्छन् । यसैक्रममा विराटसँग अनुष्काको ओठको सर्जरीबारे सोध्दा उनी नराम्ररी रिसाएका छन् ।
अनुष्का बारेको प्रश्नबाट भड्कीएका विराटले जवाफमा भने, ‘यो उनको प्राइवेट मामला हो, अरु कसैलाई पनि यसबारे कुरा गर्ने छुट छैन ।’
मिडियासँग निकै रिसाएका विराटले अपील गरेका छन्, ‘कृपया अनुष्कालाई एक्लै छोडिदिनुस्, मेरो बारेमा कुनै सबाल उनीसँग नगर्दा राम्रो हुन्छ ।’
विराट र अनुष्काको यो प्रेम प्रसङ्ग कतिसम्म अघि बढ्छ त्यो भने हेर्न बाँकी छैन ।