
काठमाण्डु, ५ फागुन– सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा लिग लिडर मनाङ मस्र्याङदी मच्छिन्द्र क्लबसँग पराजित भएको छ ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रबाट मनाङ ४–० को विशाल गोल अन्तरले पराजित भएको हो ।
हारसँगै मनाङको उपाधि होडमा धक्का लागेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले सुरुबाटै मनाङलाई दबाबमा राखेको थियो । २७ औं मिनेटमा सुजल श्रेष्ठले आत्मघाती गोल गरेपछि मच्छिन्द्रले अग्रता लियो ।
५२ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट मच्छिन्द्रले अग्रता दोब्बर पार्यो । मनाङका लागि खेलको ५३ औं मिनेटमा सुशील केसीले गोल गरे भने ७१ औं मिनेटमा सुशीलले व्यक्तिगत दोश्रो गोल गरेपछि मच्छिन्द्र ४–० ले विजयी भयो ।
लिगमा ३ खेल खेल्न बाँकी छँदा २९ अंक जोडेको मनाङको अग्रता भने कायमै छ । दोश्रो स्थानको पुलिसको २६ अंक छ भने २५ अंकका साथ मच्छिन्द्रको तेश्रो र थ्रीस्टार चौथो स्थानमा छ ।