सुरक्षित यात्राको बन्दोबस्त मिलाउन एमाओवादीको आग्रह

काठमाण्डु टुडे २०७० फागुन ५ गते १०:३१ मा प्रकाशित

काठमाण्डु ५ फागुन–एकीकृत नेकपा माओवादीले सुरक्षित यात्राको भरपर्दो बन्दोबस्त मिलाउन सरकार,नागरिक उडडयन प्राधिकरण र सम्बन्धित बिमान कम्पनीलाई आग्रह गरेको छ। maoist-flag

नेपाल एयरलायन्सको बिमान दुर्घटनामा परी निधन भएको १८ जना प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै एमाओवादीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकार र सम्बन्धित बिमान कम्पनीलाई आग्रह पनि गरेको छ ।

छिटो भन्दा छिटो पोष्टमार्टम गरी दाहसंस्कारका लागि शब सम्बन्धित परिवारलाई पनि एमाओवादीले आग्रह गरेको छ । ‘नेपालमा यस्ता दुर्घटनाहरु बर्षेनी भईरहेका छन् । हवाई सुरक्षालाई सुरक्षित यातायातको भरपर्दो माध्यम मानिनुपर्नेमा हाम्रो देशमा हवाई दुर्घटना वर्षैपच्छिे बढ्नुलाई कदापी राम्रो मान्न सकिँदैन’ प्रवक्ता दिनानाथ शर्माले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘दुर्घटना भएको थाहा पाउने बििित्तकै प्रतिकुल मौसमका वावजुद पनि उद्दार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगको पार्टी उच्च प्रशंसा गर्दछ ।’

आइतवार दिउँसोदेखि हराएको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान अर्धाखाँचीको मसिनेलेकमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । काठमाण्डुबाट जुम्लाका लागि उडेको ९ एनबिबि–ट्वीनअटर विमान पोखरामा इन्धन भरेर जुम्ला जानेक्रममा हराएकोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेका नेपाली काँग्रेस जुम्ला जिल्ला सभापति मानव सेजुवालसहित सबै १८ जना यात्रुको निधन भएको खबरले आफनो पार्टी स्तब्ध भएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us