फेसबुकका ‘कमेन्ट’बाट आत्तिन्न

काठमाण्डु टुडे २०७० फागुन ५ गते ७:०० मा प्रकाशित

तपाईंजस्तो उच्चतहमा पुगेको व्यक्तिले किन फेसबुक खोल्नुभयो ?
विज्ञान र प्रविधिको निरन्तर विकास भइरहन्छ । यो मानव जातिले आर्जन गरेको ज्ञानको उच्चतम् अभिव्यक्ति हो । त्यसैले हामी समुन्नत मानव समाज सिर्जना गर्न चाहनेले विज्ञान र प्रविधिका पछिल्ला आविष्कार र प्रयोगमा कदम मिलाउँदै अघि बढ्न सक्नुपर्छ । म आफैँ पनि एउटा विज्ञान र प्रविधिका विद्यार्थी र समाज परिवर्तनको एउटा अभियन्ता हुनुको नाताले मानव जातिले आर्जन गरेका यस्ता प्रविधि प्रयोग गर्नुपर्छ र त्यो मानवीय सामाजिक हितमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छु । सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये फेसबुक सबैभन्दा लोकप्रिय माध्यम रहँदै आएको छ । त्यही फेसबुकमार्फत मैले आमजनसमुदायका विचार तथा राय सुन्ने, बुभ्mने र आप्mना विचार अभिव्यक्त गर्ने एउटा सशक्त माध्यमका रूपमा मैले फेसबुकलाई लिएको छु ।
कतिपयले तपाईंजस्ता उच्चतहमा पुगिसकेका व्यक्तिले फेसबुक चलाउनु हँुदैन भन्छन् । तपाईंका स्टाटसमा पनि कुनै–कुनै अमर्यादित र तीखा कमेन्ट देखिन्छन्, यसलाई कसरी लिनुहुन्छ ?BRB in Samaybodha
यो सुझाव मलाई पनि आएको छ । किनकि यसले सबै सर्वसाधारण र विश्वभरि रहेका मानिसमा सिधै सम्पर्क र पहुँच पु¥याउँछ । यो वर्गविभाजित समाजमा सबैसँग सबै कुरा मिल्छ, सबै कुरामा सबैसँग सहमत हुनुपर्छ भन्ने पनि छैन । त्यसैले विचार नमिल्ने विभिन्न राजनीतिक आग्रह पूर्वाग्रह राख्ने अथवा भ्रममा परेका मानिसले असाध्यै अप्रिय अमर्यादित टीकाटिप्पणी गर्छन् । तर, हामी समाज परिवर्तनका लागि लागिपर्ने मानिस त्यसबाट आत्तिनु हँुदैन । यो एउटा स्वाभाविक प्रक्रिया हो । फेरि आलोचना, नकारात्मक टीकाटिप्पणीलाई सुनेर, पचाएर त्यसमा भएका सत्य पक्ष छन् भने त्यसलाई ग्रहण गर्दै आपूmलाई सच्याउने, सुधार्ने र गलत कुरा छन् भने त्यसलाई प्रस्ट पार्ने ढंगले अगाडि बढ्नुपर्छ । त्यसैले सार्वजनिक उच्चपदमा रहेका व्यक्तिले फेसबुक प्रयोग गर्न हुँदैन भन्ने भनाइसँग म सहमत हुन सक्दिनँ । बरु प्रयोग गर्दा नै फाइदा हुन्छ ।
तपाईंले संविधानसभा चुनावमा फेसबुकबाट आप्mनो प्रचार गर्नुभयो । त्यो अभियानमा फेसकुब कत्तिको प्रभावकारी माध्यम पाउनुभयो ?
चुनावमा मैले त्यति धेरै प्रयोग गरेजस्तो त लाग्दैन । तर, त्यसले सामान्य रूपमा जनताबीचमा आप्mना कुरा पु¥याउने माध्यम बन्यो भन्ठान्छु । तर, फेसबुकजस्ता सञ्जालको पहँुच आमसर्वसाधारण र न्यून वर्गका जनतामा अझै पुगेको छैन । यो मुख्य रूपमा सहरमा बस्ने मध्यमवर्गीय पढेलेखेका मानिसबीचमै सीमित छ । यो जति व्यापक जनतामा पुग्नुपर्ने हो, अझै पुगेको छैन । म आशा गर्छु, फेसबुक अझै निमुखा सर्वसाधारण जनताबीचमा पुग्न सकोस् । त्यसो भयो भने मात्र यो अझ बढी प्रभावकारी हुन सक्छ ।
फेसबुकको गलत ढंगले दुरुपयोग गर्ने काम पनि बढेको छ, त्यो हटाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले त साइबर कानुन प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ । नेपालको सन्दर्भमा साइबर कानुनमा केही त्रुटि भए त्यसलाई सच्याएर प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ । फेसबुक दुरुपयोग गरेर अपराधकर्ममा संलग्न हुने,चरित्रहत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कानुन कडाइसाथ कार्यान्वयन गर्नुपर्छ ।  समयबोध मासिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us