‘मन्त्रालय बाँडफाँडबारे एमालेसँग नेकाको कुनै लिखित सहमति भएको छैन’

काठमाण्डु टुडे २०७० फागुन ४ गते १०:२८ मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, ४ फागुन– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्रालय बाँडफाँडबारे नेकपा (एमाले)सँग कुनै सहमति नभएको बताएका छन् ।

संविधानसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै पौडेलले एमालेसित सत्ता साझेदारिताबारे वार्ता भइरहेको र वार्ता अन्त्य नभएको बताए ।

एमालेका वरिष्ठ नेता माधव नेपालले सरकार र संविधान निर्माण अलगअलग विषय भएकाले कांग्रेससित सत्ता साझेदारिताबारे केही असहमति देखिए पनि छिट्टै यो अवस्था अन्त्य हुने दावी गरे ।

उनले एक वर्षभित्र संविधान जारी गर्न दलहरुबीच अविश्वास हुन नहुनेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us