एक वर्षमा संविधान नबन्ने खतरा बढ्यो : थापा

काठमाण्डु टुडे २०७० फागुन ३ गते ७:०४ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, ३ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस र एमाले सत्ता केन्द्रित राजनीतिमा लागेका कारण एक वर्षभित्र संविधान नबन्ने खतरा बढेर गएको बताएका छन् ।

राजधानीमा शनिबार भएको एक कार्यक्रममा अध्यक्ष थापाले सत्ताको फोहोरी खेलका कारण संविधान बन्ने सम्भावना कमजोर बन्दै गएको बताएका हुन् ।

‘अब त काँग्रेस–एमाले सुध्रिए होलान भन्ने ठानेको थिएँ’, थापाले भने तर उनीहरु सुध्रिएका रहेनछन्, पूरानै सत्ताको फोहोरी खेलमा लिप्त भइरहेका छन् ।’

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिनासम्म सरकारलाई पूर्णता दिन र सभाध्यक्ष चुन्न नसक्ने दलहरुले एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिन्छु भनेर दुनियँलाई उल्लु बनाइरहेको आरोप थापाले लगाए ।

उनले निर्वाचनका बेला जनतासामु गरेका बाचा सम्झेर काम गर्न ठूला दललाई आग्रहसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us