भुटानद्वारा नेपाललाई १ सय ४ रनको लक्ष्य

काठमाण्डु टुडे २०७० फागुन २ गते ६:२६ मा प्रकाशित

can-cricketकाठमाण्डु, २ फागुन – थाइल्याण्डमा जारी एसीसी महिला प्रिमियर क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले १ सय ४ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित ४० ओभरमा ७ विकेटको क्षतिमा मात्र १ सय ३ रन जोडेपछि नेपालले सामान्य लक्ष्य पाएको हो ।

नेपालका लागि रुबिना क्षेत्री र सोनु खड्काले समान २ तथा रेखा रावल र सीता मगरले १–१ विकेट लिए । दोस्रो खेलमा लज्जास्पद हार ब्योहोरेको नेपाल भुटान विरुद्ध फराकिलो जितको खोजीमा छ ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एक खेलमा जित र एकमा पराजय ब्योहोरेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us