ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १ गते १२:२९ मा प्रकाशित

बनेपा, १ फागुन– ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज काभ्रेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमै र एक जनाको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेको पोखरीचौरी गाविसकी सीता चौलागाईँ गौतम र हरि चौलागार्इँ रहेका छन् । सीताको घटनास्थलमै मृत्यु भएको हो ।

पाँचखालतर्फ जाँदै गरेको बा ४८ प ३२४२ नं मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग १ ख ४१८० नं को ट्रकले अरनिको राजमार्ग सडकखण्डको पाँचखालको तिनपिप्ले भन्ने ठाँउमा ठक्कर दिएको थियो ।

सो घटनापछि राजमार्ग अवरुद्ध भएको छ र प्रहरीले बाटो खुलाउने प्रयास जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us