पार्टीभित्रैबाट बामदेवलाई रोक्ने खेल

काठमाण्डु टुडे २०७० फागुन १ गते ६:२४ मा प्रकाशित

काठमाण्डु, १ फागुन– नेपाली काँग्रेस र एमालेबीच गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्कंदै बेला एमालेभित्रकै एक पक्षले गृह मन्त्रालय bamdevप्रधानमन्त्रीसँगै राख्न काँग्रेसलाई सुझाव दिँदै आएको खुलासा भएको छ ।
स्रोतका अनुसार अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षले गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिन प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस नेतालाई सुझाव दिँदै आएका छन् ।

केपी ओलीसँगको गठबन्धनका आधारमा बामदेव गौतम उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जान लागेपछि गौतमलाई रोक्न खनाल–नेपाल पक्ष सक्रिय भएको हो ।

संसदीय दलको निर्वाचनमा कित्ता परिवर्तन गरी गौतम खोली खेमामा गएका थिए । गौतम कारण ओली संसदीय दलको नेता बनेकाले त्यसको पैंचौ तिर्ने रणनीतिअन्तर्गत नेपाल–खनाल पक्षले उनलाई गृहमन्त्री हुन नदिन भित्रभित्रै सक्रियता बढाएको हो । गौतमलाई गृहमन्त्री बन्नबाट रोक्न सके ओली–गौतम गठबन्धन कमजोर बन्ने निष्कर्षमा खनाल–नेपाल समूह छ ।

गठबन्धन कायमै रहेको अवस्थामा आगामी नवौं महाधिवेशनबाट ओली अध्यक्ष बन्ने सम्भावना बलियो छ । गौतम गृहमन्त्री भए सत्ताको समेत दुरुपयोग गरी पार्टी नेतृत्व हत्याउन सक्ने बुझाई नेपाल–खनाल पक्षको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us