राकेश श्रीवास्तवलाई डिन नियुक्त गर्न त्रिविको प्रस्ताव

काठमाण्डु टुडे २०७० माघ २९ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, २९ माघ– त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओ एम) को डिनमा वरिष्ठ प्राध्यापक डाक्टर राकेश श्रीवास्तवलाई प्रस्ताव गरेको छ ।

त्रिवि पदाधिकारीको बुधबारको बैठकले आइओएमका वरिष्ठ प्राध्यापक श्रीवास्तवलाई डिनमा प्रस्ताव गरेको हो । सरकारले हिजो २४ घण्टाभित्र डिन नियुक्त गर्न त्रिवि पदाधिकारीलाई निर्देशन दिएको  थियो ।

यसैबीच शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनसनरत डाक्टर गोविन्द केसीले श्रीवास्तवलाई स्वीकार गर्ने तर वर्तमान त्रिवि पदाधिकारीले गर्ने नियुक्ति अमान्य हुने बताएका छन् ।

वर्तमान त्रिवि पदाधिकारीलाई बर्खास्त गरी नयाा पदाधिकारीले डिन नियुक्त गर्नुपर्ने उनको अडान छ । शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुले बरिष्ठताको आधारमा डिन नियुक्त गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us