खिलराजले बालुवाटार छाडे

काठमाण्डु टुडे २०७० माघ २९ गते ९:४९ मा प्रकाशित

काठमाण्डु, २९ माघ– निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
Khilaraj-Regmiरेग्मी नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले सपथ खाएकै दिन मंगलबार राति बालुवाटारबाट कानेश्वरस्थित निजी निवास सर्नुुुभएको हो ।

उनको सामान आजै सार्ने र सााझसम्ममा बालुवाटार खाली गर्ने तयारी भइरहेको रेग्मीका एक सहयोगीले बताए । सरकार छाड्ने अन्तिम दिन मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै रेग्मीले प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्च अदालत नजाने घोषणा गरेका थिए ।

रेग्मीले बालुवाटार खाली गरे पनि नवनियुक्त प्रधानमन्त्री कोइराला कहिले बालुवाटार सर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us