काँग्रेसलाई पशुपतिनाथले सदबुद्धि दिउन: खनाल

काठमाण्डु टुडे २०७० माघ २९ गते ६:५० मा प्रकाशित

काठमाण्डु, २९ माघ– एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनअघि भएको सहमतिबाट काँग्रेस पछि हटे त्यसको परिणाम JN_khanal1गम्भीर हुने चेतावनी दिएका छन् ।
संविधानसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमति पालनामा इमान्दार हुन काँग्रेसलाई आग्रह गरे ।

‘सरकार गठनअघि दुई पार्टीका बीचमा भएका लिखित र अलिखित सहमतिबाट काँग्रेस भाग्न खोज्दै छ’, खनालले भने, ‘ मुलुकलाई सहमतिको खाँचो रहेको अवस्थामा सहमति कार्यान्वयन गर्न कांग्रेसलाई पशुपतिनाथले सदबुद्धि दिउन् ।’
यस्तै उपाध्यक्ष बामदेव गौतमले आफूहरुले सबै मन्त्रालय काँग्रेसको भागमा छाडेकाले त्यसबारे केही नबोल्ने टिप्पणी गरे ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us