सहमति कार्यान्वयन नभए प्रतिपक्षमा: नेपाल

काठमाण्डु टुडे २०७० माघ २९ गते ५:३८ मा प्रकाशित

पोखरा, २९ माघ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक सहभागिता नभए आफ्नो पार्टी सुशील कोइराला नेतृत्वको सरकारमा Madhav-Kumar-nepalनजाने बताएका छन् ।
प्रेस चौतारी नेपालले पोखरामा आज गरेको पत्रकार भेटघाटमा उनले गृह मन्त्रालय दिने पूर्वहमति कार्यान्वयन भएको अवस्थामा मात्र सरकारमा जान दोहोर्‍याए ।

उनले सहमति पालनामा इमान्दार बन्न काँग्रेस नेतृत्वलाई आग्रह गरे । काँग्रेस सहमति पालना गर्न तयार नभए एमोल प्रतिपक्षमै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने भनाइ उनको थियो ।

‘पद प्राप्ति हाम्रो प्राथमिकता होइन’, नेपालले भने, ‘प्रतिपक्षमा बसे पनि संविधान लेखनमा नकारात्मक भूमिका खेल्दैनौं , संविधान निर्माणलाई प्राथमिकता दिन्छौं ।’ सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले परिस्थिति फेरिएकाले आफू प्रधानमन्त्री हँदाको अवस्थामा जस्तो गृह र अर्थ प्रधानमन्त्रीसँगै राख्न जरुरी नरहेको तर्क गरे ।

प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीको भएकाले सन्तुलन मिलाउन पनि अन्य महत्वपूर्ण मन्त्रालयमा हिस्सेदारी खोजेको उनले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us