विमान दुर्घटनामा १ सय ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २८ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २८ माघ– अल्जेरियामा सैनिक विमान दुर्घटनामा परी १ सय ३ जनाको मृत्यु भएको छ ।
देशको पूर्वी क्षेत्रमा विमान दुर्घटना भएको अल्जेरियाको सरकारी टेलिभिजन च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा अधिकांश सैनिक जवानहरु रहेको बताइएको छ । सुरक्षा अधिकारीरुले राजधानी अल्जियर्सबाट ५ सय किलोमिटर पूर्व औम अल–बुआगी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा राहतकार्य जारी छ ।

सेनाका तर्फबाट भने दुर्घटनाबारे केही प्रतिक्रिया आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us