सपथ सकिएपछि पुगे एमालेका प्रतिनिधि

काठमाण्डु टुडे २०७० माघ २८ गते ६:२९ मा प्रकाशित

काठमाण्डु, २८ माघ – राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण गराइरहँदा सत्तासझेदार प्रमुख दल एमालेका प्रतिनिधि भने देखिएन ।

प्रधानमन्त्री कोइरालाले उपाध्यक्ष वामदेव गौतमलाई गृहमन्त्री नबनाउने भएपछि रुष्ट एमाले नेताहरुले सपथको कार्यक्रम नै बहिष्कार गरेको हो ।

मंगलबार नै बसेको एमाले स्थायी समिति बैठकले सपथ ग्रहण कार्यक्रममा उपस्थित नहुने निर्णय गरेपछि एमाले नेताहरु कार्यक्रममा नगएका हुन् ।

तर प्रधानमन्त्रीको सपथ ग्रहण सकिएको केही समय पछि भने एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पूर्व प्रधानमन्त्रीको हैसियतमा समारोहमा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us