गुफा संरक्षण गर्न स्थानीयको माग

काठमाण्डु टुडे २०७० माघ २८ गते ६:३२ मा प्रकाशित

रसुवा, २८ माघ – रसुवाको यार्सा गाविसअन्तर्गत युब्रा क्षेत्रमा रहेको प्राकृतिक गुफा संरक्षण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

सो क्षेत्रमा रहेको करिब एक हजार मिटर लामो सुरुङजस्तो गुफाभित्र सेतो ढुङ्गामा हात्ती र आमाले बच्चा सुताइरहेको जस्ता आकारका शिला रहेका र गुफाभित्रबाट निरन्तर कञ्चन पानी आइरहने भएका कारण त्यसको अध्ययन र संरक्षणका लागि पुरातात्विक विभागसँग आग्रह गरिएको यार्सा–२ युब्रा गाउँका डिल्लीराज घलेले बताए ।

सदरमुकामबाट १९ कोसको दूरीमा रहेको यार्सा गाविसको थाचाप भन्ने ठाउँमा त्यस्तो गुफा रहेको बताउँदै तामाङले धैवुङ, भोर्ले, पारच्याङ हुँदै सो स्थल पुग्न सकिने जानकारी दिए ।

गुफाको पहिचान र प्रचारप्रसार गर्न सकिएमा आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याई ग्रामीण गरिबी न्यूनीकरण गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us