तेइसौँ अख्तियार दिवस मनाईंदै

काठमाण्डु टुडे २०७० माघ २८ गते ५:२९ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, २८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेइसौँ स्थापना दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाईंदैछ ।

दिवसका अवसरमा राजधानीमा भ्रष्टाचारविरोधी र सदाचार प्रवद्र्धनसम्बन्धी र्याली (प्रभातफेरी) आयोजना गरियो ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नेतृत्वमा रत्नपार्क शान्तिवाटिकाबाट प्रारम्भ भएको र्याली बागबजार–डिल्लीबजार–चारखालअड्डा, नक्साल, भगवतीबहाल हुँदै टङ्गालस्थित आयोगको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।
र्यालीमा काठमाण्डु उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोगका कर्मचारीको सहभागिता थियो ।
सुशासन र सदाचार प्रवद्र्धनका साथै भ्रष्टाचारविरोधी नारा लेखिएका ब्यानर र प्लेकार्ड र्यालीका सहभागीले बोकेका थिए ।

२०४७ साल माघ २८ गते भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको स्थापना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us