प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै

काठमाण्डु टुडे २०७० माघ २८ गते २:५४ मा प्रकाशित

DSC_4177काठमाण्डु, माघ २८ – नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार पद तथा गोपनियताको शपथ लिँदैछन् । कोइरालाले दिउँसो साढे २ बजे राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

शपथ ग्रहण लगत्तै कोइरालाले सिंहदरबारमा पुगेर पदभार सम्हाल्ने छन्। कोइरालाले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेपनि गृहमन्त्रालयको विषयमा एमालेसँग कुरा मिल्न सकेको छैन ।

कोइराला एमालेलाई गृहमन्त्री दिन तयार भएपनि पार्टीभित्र सहमति जुटाउन नसक्दा समस्या परेको छ । एमालेले भने कांग्रेस सहमतिबाट पछि हटेको भन्दै सरकारमा नजाने धम्की दिन थालेको छ ।

उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्री बनाएर सरकारमा जाने बताएको एमालेले गृह मन्त्रालय नपाए सरकारमा नजाने बताउन थालेको छ ।

काँग्रेसमा पनि गृहमन्त्रालय अन्य पार्टीलाई दिएमा प्रधानमन्त्रीलाई काम गर्न असहज हुनेभन्दै आफैंसँग राख्नु पर्ने नेताहरुको अडान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us