ठग्नेको जानकारी दिनेलाई ३ लाख पुरस्कार

काठमाण्डु टुडे २०७० माघ २७ गते १२:२९ मा प्रकाशित

Mega Fraudकाठमाण्डु, २७ माघ- कीर्ते गरी दुई करोड रुपैयाँ ठगी गर्नेको सूचना दिनेलाई मेगा बैंकले तीन लाख रुपैयाँ पुरष्कार घोषणा गरेको छ ।

दुई करोड ठगेर भाग्ने अभियुक्तको फोटो सार्वजनिक गर्दै बैंकले उसको सूचना दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई तीन लाख रुपैयाँ पुरष्कार दिने घोषणा गरेको हो ।

मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट अभियुक्तले दुई करोड ९ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए । बैंकको शाखा कार्यालय तथा क्लियरिङको माध्यमबाट राष्ट्रिय बाणिज्य बैंकबाट रकम ठगी भएको मेगा बैंकले जनाएको छ ।

घटनाका विषयमा मेगा बैंकले बिहीबार नै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us