कुन दल कोइरालाको पक्षमा र कुन दल विपक्षमा सूचीसहित

काठमाण्डु टुडे २०७० माघ २७ गते ११:३० मा प्रकाशित

DSC_4114काठमाण्डु, २७ माघ – नेपालको इतिहासमा बीपी कोइरालापछि सुशील कोइराला दुईतिहाई मतबाट प्रधानमन्त्री चुनिए ।

कोइरालालाई व्यवस्थापिका संसदमा रहेका ३० मध्ये ९ दलले समर्थन गरेका छन् । ९ दलका ४ सय ५ सभासदको मत पाएर कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

कोइरालालाई समर्थन गर्ने दलहरु

१.नेपाली कांग्रेस

२. नेकपा एमाले

३. राप्रपा

४. नेकपा माले

५. नेमकिपा

६. राष्ट्रिय जनमोर्चा

७. नेकपा संयुक्त

८. परिवार दल

९. समाजवादी जनता पार्टी

कोइरालालाई तेस्रो ठूलो एकीकृत नेकपा माओवादी र चौथो ठूलो राप्रपा नेपाल लगायत दलले विपक्षमा मतदान गरे । उनको विपक्षमा एकसय ४८ मत प्राप्त भएको छ ।

कोइरालाको विपक्षमा मतदान गर्ने दलहरु यस प्रकार छन् :

१. एनेकपा माओवादी

२. राप्रपा नेपाल

३. फोरम लोकतान्त्रिक

४. तमलोपा

५. फोरम नेपाल

६. सदभावना पार्टी

७. संघीय समाजवादी पार्टी

८. राष्ट्रिय मधेस समाजवादी पार्टी

९. तराई मधेश समाजवादी पार्टी

१०. राष्ट्रिय जनमुक्ति पार्टी

११. दलित जनजाति पार्टी

१२. थरुहट तराई पार्टी

१३. संलोराम (थरुहट)

१४. नेपाली जनता दल

१५. फोरम गणतान्त्रिक

१६. नेपाः पार्टी

१७. संघीय सदभावना पार्टी

१८. खम्बुवान राष्ट्रिय मोर्चा

१९. अखण्ड नेपाल

२०. जनजागरण पार्टी

२१. मधेस समता पार्टी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us