कमल थापाले संसदमा भने, ‘के राष्ट्रपति गाडी चलाउने लाइसेन्स हो ?’

काठमाण्डु टुडे २०७० माघ २७ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, २७ माघ–राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई आगामी एक वर्षसम्म राख्ने सम्बन्धमा Kamal-Thapa-Raprapa-Nepalकाँग्रेस र एमालेबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।
व्यवस्थापिका–संस्दको सोमबारको बैठकमा समय लिएर बोल्दै अध्यक्ष थापाले लोकतान्त्रिक विधि र प्रक्रियाविपरीत चालक अनुमतिपत्रजस्तै राष्ट्रपति नवीकरण गर्ने सहमति भएको बताए ।

‘सम्झौताले संविधानको धज्जी उडाएका छ । हामी ठूलाबढाले जे गरे पनि अरुले मान्नुपर्छ भन्ने घमण्ड प्रदर्शन गरिएको छ’, थापाले प्रश्न गरे, ‘के चालक अनुमतिपत्र जसरी नवीकरण गरे जसरी राष्ट्रपति नवीकरण गर्न मिल्छ ? उनले चार वर्षे कार्यकाल रहेको संविधानसभाबाट चुनिने सरकारको आयु एक वर्ष तोकिएकामा पनि आपत्ति जनाए ।

काँग्रेस र एमालेले अलोकतान्त्रिक निर्णय गरेर मुलुकलाई थप संकटमा धकेलेको भनाइ उनको थियो । संविधानसभाबाहिरै सभामुख बन्ने सहमति भइसकेको भन्दै थापाले पूर्वसभाध्यक्ष समेत रहेका एमाले नेता सुवास नेम्वाङलाई बधाई दिए ।

‘संविधानसभाको कार्यकाल चार वर्षका लागि छ, सरकारको आयु एक वर्ष तोक्ने अधिकार कुन नैतिकताले दियो ? थापाले भने ‘सुवास नेम्वाङलाई बधाई छ, उहाँ एक वर्षका लागि सभामुख हुन लाग्नुभएको छ ।’

थापाले काँग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई सारभुत कुरा गर्ने व्यक्तिको उपमा दिएकामा पनि खिल्ली उडाए । ‘सुशीलजी सारभुत कुरा गर्नुहुन्छ । तर कहिलेहाकीं बुझिंदैन । कुरा नबुझे पनि व्यख्या गर्ने सक्ने समर्थक र प्रस्ताव पाउनुभएको छ ।’ थापाले व्यंग्य गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us